एमसीसीको विरोधमा सडकमा आए विप्लव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २८, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
एमसीसीको विरोधमा सडकमा आए विप्लव

२८ भदौ, काठमाडौं

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –(एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।

उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस