उपेन्द्र पासवान, भदौ २८ गते
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) ले कलैया उपमहानगरपालिका वार्ड:-२३ भतौडामा वार्ड भेला कार्यक्रम गरेकोछ। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) वार्ड:-२३ वार्ड कमिटी को आयोजनामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका आज दिनप्रतिदिन बिकासको खसकिदो अवस्था रहेको भए पनि कलैया पालिका भित्र सब भन्दा बढी पिच भएकै वार्ड २३ हो जो आफनो पहलमा केन्द्रिय बजेटबाट गरेकोछ वार्ड भेला कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र प्रदेस कार्य समिती सदस्य प्रभु यादवले आफनो मन्तव्य राखे भने मन्दिप यादवले जानकारी गराए। अहिले कलैया उपमहानगरपालिकाको अर्बको बजेट रहेको भएता पनी कलैयाको सबै वार्डलाइ २७ करोड दिएर बाकिको बसेको रकम लगभग ९० करोड आफनो आसेपासे राखी कमिसनको खेलमा रहेको कार्य भइरहेकोछ। जो आफनो पालिका बासिको राहतको पैसा खान्छ बिचराधिन रहेको मुद्दामा मुछिएका मेयर संग बिकासको परिकल्पना गर्न सकिने अवस्था छैन नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य तथा कलैया उपमहानगर पालिका नगर सचिव मुकेश साहले आफनो मन्तव्य राखे भने समि अख्तर बाबू ले जानकारी गराए। वार्ड भेला कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य प्रभु यादव ,राजन पौडेल,कलैया उपमहानगर पालिका सचीव तथा जिल्ला कार्य समिती सदस्य मुकेश साह ,रमेश साह अगुवा कार्यकर्ता हरिनारायण सिंह,वार्ड नम्बर २३ वार्ड अध्यक्ष बिक्रम साह कानु, महिल सदस्य चन्दा देबि सिंह,रामबिनय साह,रमेश यादव,सुरेश पटेल,राज नारायण महतो कोइरि,कलैया उपमहानगर पालिका ycl अध्यक्ष समि अख्तर बाबु कलैया नगरका नेता ,मन्दिप यादव लगायतको उपस्थिति रहयो। कलैया उपमहानगरपालिका वार्ड:-२३ मा माओवादी केन्द्रको वार्ड कमिटी अध्यक्ष बिक्रम साह कानु उपाध्यक्ष राज नारायण महतो कोइरी, सचिव लालबाबु साह तेलि कोषाध्यक्ष रमेश प्रसाद यादव सदस्य सुरेश प्रसाद साह,रामबिनय साह तेलि दिनेश सिंह रहि ३५ सदस्यीय वार्ड कमिटी गठन गरियो।कार्यक्रमको अध्यक्षता रामबिनय साह तेलिले गरेका थिए।भने कार्यक्रम संचालन लालबाबु साह तेलिले गरेका थिए।