रौशन चौधरी – रौतहट, २९ भदौ
मौलापुर नगरपालिकाले विभिन्न संरचना निर्माणका लागि ४ बर्षमा करीव १३ बिगाह जमिन खरीद गरेको छ ।
मर्यादपुर वार्ड नं. १ मा मर्यादपुर विद्यालयको लागि १ बिघा ३ कठ्ठा, मर्यादपुर वार्ड नं. २ मा मर्यादपुर दलित बस्तिको लागि ११ कठ्ठा, मौलापुर वार्ड नं. ५ मा मौलापुर दलित बस्तिको लागि १२ कठ्ठा, सोनरनिया वार्ड नं. ८ मा प्राविधिक शिक्षालय तथा सभाहल भवनको लागि २ बिघा, मौलापुर वार्ड नं. ५ मा मौलापुर पिकनिक पार्कको लागि १ बिघा ७ कठ्ठा, मौलापुर वार्ड नं. ५ मा ईलाका प्रहरी कार्यालयको लागि ८ कठ्ठा, मौलापुर वार्ड नं. ५ मा महादेव मन्दिर परिसरको लागि १४ कठ्ठा, मौलापुर वार्ड नं. ३ मा पतौरा विद्यालयको लागि १ बिघा १० धुर, मौलापुर वार्ड नं. ३ मा पतौरा कार्यालय भवनको लागि ३ कठ्ठा, मौलापुर वार्ड नं. ३ मा अद्भुतनाथ विद्यालयको लागि ३ कठ्ठा, मौलापुर वार्ड नं. ७ मा पिपरिया स्वास्थ्य चौकीको लागि ५ कठ्ठा, मौलापुर वार्ड नं. ७ मा नन्कार छठघाटको लागि ३ कठ्ठा, मौलापुर वार्ड नं. ६ मा पथरा स्वास्थ्य चौकीको लागि ६ कठ्ठा र नगरपालिका भवनको लागि ५ कठ्ठा गरी नगरपालिकाले १२ बिगाह, १८ कठ्ठा १० धुर जमिन खरिद गरिएको निमित्त प्रशासकिय अधिकृत रामबाबु साहले जनाएको छ ।
शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी कार्यालय, सार्वजनिक पूर्वाधार एवं एकीकृत बस्ती बिकास , नगरपालिकाको कार्यालय स्थापना जस्ता दिर्घकालीन पूर्वाधार निर्माणको लागि १३ करोड ५६ लाख को लगानीमा जमिन खरिद गरिएको छ ।
उक्त नगरकी प्रमुख रीना कुमारी साहले पुर्वाधार बिकासका लागि दिर्घकालिन सोचका साथ नगरपालिकाले जमिन खरिद गरेको बताइन् ।