रबिन्द्र प्रजापति । भदौ २९ गते रौतहट ।
भोजपुरी दुर्गा माताको भक्ती गीत चुनरी देवी मईया पर चढैईह हो सुनु ऐ सिमरन के पापा गीत आज रिलीज भएको छ ।
कटहरिया निवासी स्थानिय गायक तथा कटहरिया म्यूजिकल एफ एमका आर जे रबिन्द्र प्रजापतीको अवाजमा गाइएको देवी गीत युवटु चायनलमा राखिएको गायक रविन्द्र प्रजापतिले बताएका छन ।
निर्माता एवं निर्देशक जितेनद्र राज ,शब्द सम्पादक सागर संगम ठाकुर, संगीत राकेश राहीको र गितकार रबिन्द्र पटेल रहेको गायक प्रजापतिले बताउनु भयो ।
लौजिक म्यूजिक, भक्ती चाईनलको प्रस्तुतिमा देवी माईके चुनरी लाल लाल भनेर सार्वजनिक गरिएको हो ।
लामो समय देखि गायनको क्षेत्रमा आफनो प्रयास जारी राखेको रेडियो प्रस्तोता एवम गायक प्रजापति अहीले कटहरिया म्युजिकल एफ एमको लोकप्रिय कार्यक्रम चाचा ४२० को मार्फत चर्चित छन ।
प्रजापतिको भक्ती देवी माईके चुनरी लाल लाल नामक गितले उनलाई सबैले प्रसंसा गरेका छन । भोजपुरीको क्षेत्रमा यस अघि कयौ भोजपुरी गीतहरु गाएका र ति गितहरु बिभिन्न रेडियो स्टेशन
मार्फत धुम मचाएको उनका शुभचिन्तकहरुले बताएका छन । प्रजापतिले गाएको गीत बजारमा लोकप्रिय हुनुमा उनले विश्वास गरिएका छन ।