उपेन्द्र गोले
रौतहट ३० भदौ । चन्द्रपुर नगरपालिकाको पुर्वपश्चिम राजमार्ग र गौर रोडमा निर्माणधिन नाला निर्माण कार्य सम्पन्न नहुदै अलपत्र छाडेको भन्दै स्थानिय ब्यापारीहरुले आलोचना गर्न थालेका छन । लामो समयसम्म बन्दाबन्दिका कारण ब्यापार ब्यावसायी बन्द भएको र केही सहज भएसँगै ब्यावसायी सञ्चालन गर्ने क्रममा आफ्नो पसलसँगै रहेको नालाको दुर्गन्धले बस्न नसक्ने र ग्राहकहरु समेत केही समय पनि बस्न नचाहने चन्द्रनिगाहपुरका एक ब्यापारी दिवाकर सापकोटाले बताउनु भएको छ । चन्द्रपुर नगरपालिकाले पुर्वपश्चिम राजमार्ग र गौर रोडलाई फराकिलो बनाउनुका साथै बर्षाको पानीको निकास गर्नका लागी नाला निर्माण गर्न खाल्टो खनिएको थियो । तर हाल सो नाला निर्माण गर्न खनिएका खाल्टामा फोहर फाल्ने स्थलका रुपमा प्रयोग हुन थालेपछि चन्द्रनिगाहपुरमा दुर्गन्ध फैलिएको हो । चन्द्रपुर नगरपालिकाले तत्काल सो नाला निर्माण कार्यलाई तिब्रता दिनु पर्ने चन्द्रनिगाहपुरका ब्यापारीहरुले माग गरेका छन । नाला निर्माण गर्नु अत्यन्त राम्रो पक्ष रहेको भएतापनि निर्माण सम्पन्न नगरि अलपत्र छाड्दा चन्द्रपुरबाट गौर आवतजावत गर्ने बस , म्याजिक लगायत अटो , इरिक्सा तथा ब्यापारीहरुको सवारी साधनहरु पार्किङमा समेत समस्या उत्पन्न भएको उनीहरुले बताएका छन ।