जनकपुरधाम
नेपाल सरकारले संविधान दिवस धुमधामका साथ मनाउने निर्णय गरेपछि लोकतान्त्रिक जनता समाजवादी पार्टी(लोसपा)ले त्यसको बिरोधमा कालो दिवस मनाउने भएको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले बुधवार जारी गरेको आन्तरिक सर्कुलरमा जिल्लाका संयोजकहरुलाई बिरोध सभा, कोण सभा, जुलुस, ब्लैक आउट, छलफल लगायतका कार्यक्रमहरु गर्न आग्रह गरेका छन् । समाजिक सञ्जालमा छ् याप्पछ्याप्ती भएको आन्तरिक सर्कुलर अनुसार लोसपाका नेताहरुले बिरोध कार्यक्रमको तयारी थालेका छन् ।संविधान जारी भएदेखि महन्थ ठाकुर नेतृत्वको तत्कालिन तमलोपा, राजपा र हाल लोसपाले त्यसको बिरोधमा असोज ३ गतेलाई कालो दिवसको रुपमा बिरोध जनाउँदै आएको छ । संविधान अनुसार नै सपथग्रहणगरि ठाकुर निकटका नेताहरु जनता समाजवादी पार्टी( जसपा)मा बिद्रोहगरि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि भएका थिए ।निशर्त सरकारमा सहभागि भएका नेताहरु भने १९ दिनमै पदमुक्त भएका थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको लोसपाले संविधानको बिरोध गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । जसपाबाट छुट्टिएर हालै गठन भएको लोसपाले संविधानको बिरोधमा बिभिन्न कार्यक्रमहरु आयोजन ागर्ने सर्कुलर जारी गरे अनुसार नै कार्यक्रम हुने कार्यकारिणी समिति सदस्य वृशेषचन्द्र लालले बताए । ‘संविधानमा हाम्रो असन्तुष्टि छ’ उनले भने, मधेशको मुद्दा संबोधन हुनेगरि संविधान संशोधन नभए सम्म हाम्रो बिरोध जारी रहनेछ । तर जसपाले भने संविधान दिवसमा बिरोधको कुनै कार्यक्रम आयोजना गर्ने छैन् ।संविधान दिवसको अवसरमा खुशियाली पनि नमनाउने र बिरोधपनि नजनाउने नीति जसपाले लिएको छ ।
जसपा सत्तारुढ गठबन्धनको एउटा महत्वपूर्ण घटक हो ।बिगतमा पनि जसपाले संविधान दिवसको बेला मौन रहने गरेको थियो । जसपा प्रदेश २ सरकारको नेतृत्व गरिरहेको छ ।त्यसमा नेपाली काँग्रेस र माओवादी केन्द्रपनि सहभागि छ ।हालै गठित माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीपनि सरकारमा सहभागि हुने क्रममा रहेको छ ।प्रदेश २ को गठबन्धन सरकारको गठकहरु मध्ये जसपा बाहेकका दलहरुले संविधान दिवस उल्लासका साथ हरेक वर्ष मनाउँदै आएका छन् । ‘संविधान दिवसमा बिरोधको हाम्रो कार्यक्रम हुने छैन्’प्रदेश २ मा भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री समेत रहेका जसपा प्रदेश २ का अध्यक्ष विजय कुमार यादवले भने, संविधान अनुसार हामी सरकारमा रहेकाले त्यसको बिरोधमा कार्यक्रम गर्न सुहाउँदैन् । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत र जसपाबाट रहेका मन्त्रीहरुले संविधान दिवसमा मौन नै रहने देखिएको छ ।प्रदेश २ मा संविधान दिवसमा कर्मचारीहरुले औपचारिकता निर्वाह गरेपनि सरकारको सहभागिता हुने गरेको थिएन् ।