जनकपुरधाम । महोत्तरीमा आर्केस्ट्रा नाचमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले उत्सव, समारोहमा नचाइने आर्केस्ट्रामा रोक लगाएको हो । आर्केस्ट्राले समाजमा अपराधिक गतिविधि बढाएको भन्दै रोक लगाउने निर्णय गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
उनका अनुसार आजदेखि आर्केस्ट्रामा रोक लगाउन मातहतको निकायलाई पत्राचार गरिएको छ । प्रहरीको निर्देशन नमान्नेलाई नियन्त्रणमा लिइने जनाइएको छ ।
आर्केस्ट्रामा बजाइने अश्लील गत तथा नृत्यले विकृति फैलिएको प्रहरीको ठम्याइ छ । “विगतमा सांस्कृतिक कार्यक्रम भनेर अनुमति मागिन्थ्यो, तर अश्लील गीतमा नृत्य देखाएको पाइयो,” एसपी आचार्यले भने, “जसले गर्दा ठाउँठाउँमा झगडा हुने गरेको थियो । समाजमा गलत प्रभाव परेपछि रोक लगाएका छौँ ।”