राजेश पासवान । भदौ ३१ गते।रौतहट ।
रौतहटमा नेपाल नाई ट्रेड युनियन जिल्ला कार्यसमिति समिति को दोस्रो बैठक बिहीबार सम्पन्न भएको छ ।
जिल्लाको चर्चित धार्मिक स्थल शिवनगर धाम स्थित कृषि ज्ञान केन्द्र को प्राङ्गणमा नेपाल नाई ट्रेड युनियन रौतहट का अध्यक्ष भुषण ठाकुरको अध्यक्षता बसेको बैठक ले नाई(हजाम)जाति माथि युगौयुगदेखिको विभेद, दमन र शोषण विरुद्ध आवाज उठाउने र नाई(हजाम) जाति र तिनको पेशागत मूल्य मान्यता,मर्यादा कायम गर्नका लागि सामूहिक रूपमा कार्य गर्नेे रणनीति तय गरियो।
सो कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संघले आफ्ना पेशागत हक र श्रमिक अधिकारको संरक्षणका लागि नेपाल नाई संघको नामबाट क्रियाशिल रुपले काम गर्दै आएको बताए ।
त्यसैगरी सो कार्यक्रममा नाई हरूको हक अधिकार सुनिश्चित गर्ने पार्टी लाई मात्र मत दिन र सबै जना एकजुट भएर चुनावी माहोलमा लाग्न उनले जिल्लाका सम्पूर्ण नाई(हजाम)जाति संग आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन रौतहटका कोषाध्यक्ष उपेन्द्र ठाकुर,जिल्ला सचिव ललिन्दर ठाकुर,नेपाल नाई ट्रेड युनियन का सम्पूर्ण जिल्ला सदस्य हरू र जिल्लाका विभिन्न स्थानबाट आएका नाई(हजाम)जातिहरुको उपस्थिति रहेको थियो ।