सागर संगम ठाकुर । रौतहट भदौ ३१ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रको अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा भेला सम्पन्न भएका छ ।
कटहरिया नगरपालिका वडा नं ४ मा माओवादी केन्द्रको अखिल नेपाल महिला संघ क्रान्तिकारीको बृहत भेलाका महिला वडा कमिटी अध्यक्ष हसिना खातुनको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कटहरिया नगरपालिकाकी नगर उपप्रमुख नुरजाहा खातुन, बिशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका नेता समाज सेवी नसरूदिन अंसारी, अतिथिहरुमा वडा सदस्य हफिज मियां, वडा कमिटी सदस्य मनोज साह, नेता रामप्रवेश बैठा,
वडा कमिटी सचिव संजय यादव, हरिशंकर दास, थ्अ िसदस्य संतोष यादव, लगायात दर्जनौं महिलाहरुको उपस्तिथीमा कार्यक्रम सम्पन्न भएका हो।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा भेला बाट २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
गठित वडा कमिटीको अध्यक्षमा हसिमा खातुन, सचिवमा जिरमत देवी, मनजु देवी, लगायात २९ सदस्यीय समिती रहेको पार्टीले जनाएको छ ।
त्यस्तै माओवादी केन्द्रका मुस्लिम वडा कमिटी पनि गठन गरिएको छ। जसमा मुस्लिम वडा कमिटीको अध्यक्षमा समिना खातुन, सचिवमा खैरून नेसा लगायत २९ सदस्यीय समिति रहेको उपप्रमुखका सहयोगी रामअधार राय यादवले जानकारी दिनु भयो ।