रमेश कुमार यादब
भदौँ ३१, रौतहट
रौतहटमा शसस्त्र प्रहरीले डेढ लाख बराबरको अवैध पटाका वरामद गरेर नष्ट गरेको छ । चाडपर्व नजिक आउदा पटकाहरुको कारोबारीलाई ग्रस्ता दिएको पाईएको छ । प्रहरीले यस्ता कुराहरुलाई नियन्त्रण गर्नको लागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीहरु दिनरात लागी परेको छ । तर पनि खुल्ला सिमानाका भएको कारणले यस्ता प्रकारका प्रबिति बढदैँ गईरहेको देखिएको छ ।आज बिहिबार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवा रौतहटबाट गस्तीमा खटिएको टोलीले जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा बेवारीसे अवस्थामा सो परिणाममा पटका वरामद गरिएको पोष्टका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक भरत गौतमले जानकारी दिए ।उनले तस्करहरुले दशैं , तिहार र छठ पर्वलाई लक्षित गरी भारतबाट नेपाल भित्राउने क्रममा शसस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर पटाका छाडेर भागेको हुनसक्ने बताउँदै सो क्षेत्रमा तस्करी रोक्न प्रहरी कुनै कसर बाँकी नराख्ने दावी गरे ।यसरी वरामद गरिएको अवैध पटाका स्थानीय बुद्धिजीवी, संचारकर्मी र नेपाल प्रहरीको रोहबरमा पानी हालेर खाडलमा गाडेर नष्ट गरिएको सो आउट पोष्टका ईन्चार्ज गौतमले जनाएको छ । सोही आउट पोष्टका ईन्चार्ज गौतमले हामी सधैँ यसै सिमानाकामा खटिरहेका छौ र सकेसम्म यहाँबाट यस्ता कुनै अपरिहार्य क्रियाकलाप हुन नदिने पनि बताए । यस्ता गर्नेलाई हामि शख्त कारवाही गर्ने छौ ईन्चाज गौतमले दावी पनि गरेका थिए ।