प्रदीप दास ,रौतहट ।
आश्विन ०१ गते ,शुक्रबार ।
सर्लाही जिल्लाको बरहथवामा रहेको रेडियो बरहथवा १०१.१ मेगाहर्ज नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज शुक्रबारका दिन धुमधामका साथ् वार्षिक उत्सव मनाएको हो । आजकै दिनमा रेडियोको प्रशारण आरम्भ गरेको हुनाले धुमधामका साथ् हिन्दुधर्मावलम्बीहरुले मनाउने विश्वकर्मा पूज्नोत्सव पनि धुमधामका साथ् मनाएको हो । रेडियोले बिहान ५ बजेदेखि राती ११ बजेसम्म समाचार तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्दै आइरहेको बताईएको हो । त्यस्तै, रेडियोले बिहान ८ बजे र बेलुका ६ः३० बजे सामुदायिक रेडियो एकतासँग सहकार्य गरेर स्थानीय समाचार समेत प्रशारण गर्दै आइरहेको छ । रेडियोले प्रशारण आरम्भ गरेको आठ वर्ष पूरा भई नवौं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार बिहान धुमधामसँग विश्वकर्मा पूजा गरिनुको साथै वार्षिक उत्सव पनि मनाएको हो । २०७० साल असोज १ गते विश्वकर्मा पूजाका दिन प्रशारण आरम्भ गरेको रेडियो शुक्रबारबाट नवौँ वर्षमा प्रवेश गरेको रेडियोका संचालक घनश्याम सिंहले जानकारी दिएका हुन् । रेडियो बरहथवाले आयोजन गरेको वार्षिक उत्सव कार्यक्रममा बिभिन्न संघ-संस्थाका कर्मचारी ,संचारकर्मी,बिज्ञापनदाता लगायत शुभचिन्तक श्रोताहरुको भव्य उपस्थिति रहेको थियो