उपेन्द्र गोले
रौतहट १ असोज । रौतहटको परोहा नगरपालिकाले पत्रकारहरुले लगाएको आरोपप्रति आक्रोस ब्यक्त गरेको छ । केही दिनदेखि परोहा नगरपालिकाले विभिन्न काण्डमा पत्रकारहरुलाई ल्यापटप , मोवाइल लगायत नगद समेत वितरण गरेको नगरपालिकामाथी लागेको आरोप तथ्यहीन कपोलकल्पित र भ्रामक भएको जनाएको छ । रौतहटका पत्रकारहरुले विभिन्न माध्यामबाट भ्रामक सुचना सम्प्रेषण गरेको भन्दै नगरपालिकाले आक्रोस ब्यक्त गरेको हो । सत्यतथ्य सुचना सम्प्रेषण गर्नु पर्ने पत्रकारको धर्म रहेको भएतापनि रौतहटका पत्रकारले भ्रामक सुचना सम्प्रेषण गरेको नगरपालिकाले दावी गरेको छ । यस किसिमका तथ्यहीन सुचना पुन सम्प्रेषण आइन्दा कुनै पनि माध्यामबाट गरेमा कानुनी उपचार खोजिने पत्रकारहरुलाई नगर प्रमुख शेख वकिलले प्रेस विज्ञप्तिमार्फत चेतावनी दिनु भएको छ । नगरपालिकाले कसैलाई ल्यापटप , मोवाइल तथा नगद कुनै किसिमको बस्तु वितरण नगरेको समेत नगर प्रमुख वकिलले बताउनु भयो ।