विवेक शर्मा । असाेज ०१ गते ।
नेपाल विश्वकर्मा लोहार सघ द्वारा रौतहटको शिवनगरमा अवस्थित बाबा विश्वकर्माको मन्दिरमा भव्यताका साथ पुजा सम्पन्न भएको छ ।
हरेक वर्ष झै यस वर्ष पनि जिल्ला तथा जिल्ला बाहिरका लोहार लगायत अन्य जातिहरुको बृहत उपस्थित रहेको थियो ।
पुजा समारोहमा विश्वकर्मा पुजा शुभकामना आर्दान प्रदान कार्यक्रम पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रम नेपाल विश्वकर्मा लोहार सघका अध्यक्ष डा रामशन्कर ठाकुरको अध्यक्षतामा, प्रदेश न २ भुमी व्यवस्था, कृषि तथा सहाकारी राज्य मन्त्री योगेन्द्र राय यादवको प्रमुख अतिथ्यमा, गरुडा नगरपालिकाको नगर प्रमुख ईन्नु राय यादव र गौर नगरपालिकाकि उप मेयर किरन ठाकुरको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको छ । विश्वकर्मा मन्दिरको सौन्दर्यकरण गर्नको लागि गरुडा नगरपालिकाको तर्फबाट रु दस लाख दिन घोषणा गर्नु भएको छ । साथै लोहार जातिहरुको समस्या र पहिचानको संरक्षण गर्न आफू हरेक समय तत्पर रह्ने राज्य मन्त्री यादवले कार्यक्रममा भन्नू भयो । लोहार विश्वकर्माको वन्सज रहेको हुनाले यस्को अस्तित्व प्रदेश न २ लगायत पुरै देशमै कायम गराउन अग्रसर रहेको उप मेयर तथा लोहार जातिको नेता किरन ठाकुरले आफ्नो वक्तव्यमा थप्नु भयो ।
कृषि विग्य डा श्रीभगवान ठाकुरले विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा घोषणा गराउन अग्रसर रहेको नेपाल विश्वकर्मा लोहार सघका सचिव विवेक शर्मालाई धन्यवाद ज्ञापन गरेका हुन साथै दलितको मुद्दामा अडिग भैइ अगाडि बढ्न र राज्य सङ्ग विश्वकर्मा लोहार जातिहरुको अधिकार सुनिश्चितको लागि संघर्ष गर्न सल्ला समेत दिनु भयो ।
विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिने रौतहटको नगरपालिकाहरुलाई सस्थाका सचिव विवेक शर्माले धन्यवाद दिएका हुन ।