भारतमा थप ३५ हजार ६६२ संक्रमित, ३२० मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २, शनिबार (४ साल अघि)
  • ३ पटक पढिएको
भारतमा थप ३५ हजार ६६२ संक्रमित, ३२० मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप ३५ हजार ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३३ लाख ८१ हजार ७२८ पुगेकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ३२० संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४४ हजार २४८ पुगेकाे छ ।

यही अवधिमा ३३ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड २५ लाख ९८ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस