बिरगंज – असोज २
नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको आज २४औं स्मृति दिवस हो । वि सं. २०५४ साल असोज २ गते उनको निधन भएको थियो । काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानु अघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगी साथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संर्घषका हिसाबले बीपी कोइराला भन्दा बढी समय सम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला सर्मथकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय रहे । तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ साल देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो । राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए । उनी मरेर गए पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा जिवितै छन् । उनका प्रेरणा र असल मार्ग निर्देश आजका सबैजसो राजनितीक नेताहरुले अनुसरण गर्ने हो भने गणेशमानको उच्च सम्मान हुनेछ । तर विडम्बना पछिल्लो पुस्ताले उनका योगदान भुल्दै गएको आभास हुन थालेको छ । त्यसैगरी,युवा नेता साहले भने नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह आज २४औं स्मृतिको शुभकामना व्यत गरे। नेपाली कांग्रेस एक भई १४ औं महाधिवेशन सफल पारौ। अनि नेपाली कांग्रेसलाई बलियो बनाउन सक्ने साह बताउछन् । हामी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छौ । वडा अधिवेशन प्रारम्भ भइसकेको छ भने केही स्थानमा अझै बाँकी छ । तत्काल बाँकी रहेका स्थानमा पनि अधिवेशन यथाशक्य सम्पन्न गर्दै मंसिरमा निर्धारित महाधिवेशन सुनिश्चित गर्नु छ । बलियो कांग्रेस र सक्षम नेतृत्व भएमात्र उनका प्रेरणा र असल मार्ग निर्देश आजका सबैजसो राजनितीकका नेताहरुले देखेका सपना पूरा गर्न सकिने छ । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा काङ्ग्रेस पर्साका युवा नेता मनोहर साहले हार्दिक अपिल गर्नु भएको छ ।