सप्तरीको छिन्नमस्ता अस्पतालमा आईपुग्यो अक्सिजन प्लान्ट ,चाँडै संचालनमा आउने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २, शनिबार (४ साल अघि)
  • ३ पटक पढिएको
सप्तरीको छिन्नमस्ता अस्पतालमा आईपुग्यो अक्सिजन प्लान्ट ,चाँडै संचालनमा आउने

नविन यादव, सप्तरी

सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा अक्सिजन प्लान्ट आइपुगेको छ । आम जन्ताको आश र विश्वासको सपना संगै स्थापनाका लागि आवश्यक सामग्री आज राजविराज आइपुगेको छ ।

सप्तरीको मुटुमा रहेको छिन्नमस्ता अस्पतालमा शनिबार बिहान ५ बजै अक्सिजन प्लान्ट आउन बितिकै स्रोत साधन प्रयोग गरेर अस्पताल भित्र सुरक्षित तरिकाले राखिएको छ। अक्सिजन प्लान्ट आउन बितिकै दोस्रो खुशी सप्तरी बासीहरूलाई पुनः भएको स्थानियहरू बताउँछन्।

दैनिक १०० सिलिण्डरसम्म भर्नसक्ने क्षमताको अक्सिजन प्लान्ट अस्पतालले चाडै स्थापना गर्न लागेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उक्त सामग्री अस्पताल ल्याइएको अस्पतालको संयोजक दिपेन्द्र यादवले जानकारी गराएको छ ।

उनका अनुसार आईतबार देखी प्लान्ट स्थापना गर्ने ठाउँ सुरक्षित गरी केहि हप्तामै हामीहरू सेवा सुविधा दिने बताउनु भएको छ । स्थापना भए पछि चाहिने आवश्यक अस्पतालहरूमा समेत अक्सिजन सेवा सुविधा दिने अस्पतालको निर्देशक बरिष्ठ ईन्जिनियर शैलेन्द्र मोहन झाले बताउनु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस