रमेश कुमार यादब, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकामा दलित भेला कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ बिर्ता स्थित रहेको फुलबारीमा दलित भेला कार्यक्रम सम्पन्न भएको छ । दलित भेलाको अध्यक्षता बैधनाथ रामले गर्नु भएको थियो । दलित भेला कार्यक्रमको प्रमुख अतिथि सोनेलाल राम, अतिथिमा सागर पासवान, सत्यनरायाण राम, पुनित राम, उदय नरायण रहनु भएका थिए । शनिबार सम्पन्न भेलाले राजगिर रामको अध्यक्षतामा वडा कमिटी गठन गरिएको हो । १५ सदस्यीय वडा कमिटीको अध्यक्षमा राजगिर राम चयन भएको छ भने उपाध्यक्षमा भैरो राम, कोषाध्यक्षमा मिना देवी दास, सचिवमा सुकृत राम र सह–सचिवमा सुरज पासवान त्यसैगरी सदस्यहरुमा अन्य १० जना रहेका छन् ।कार्यक्रममा दलित जाति भित्र रहेको कमिकम्जोरी, शिक्षामा सुधार, राजनीतिमा पहुँच र दलित जातिमाथि भईरहेको अन्याय र अत्यारको बिषयमा गहन छलफल भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा रहेको सोनेलाल रामले आफ्नो मन्तव्य राख्दै भने सबै संगठनलाई अगाडि बढाएर एउटा ऐतिहासिक कार्य गरिरहेको र प्रदेश नं.२ मा दिन–प्रतिदिन जातीय विभेद तथा छुवाछुतका घटनाहरु घटनुको साटो अझ बढ्दै जानुको मुल कारण दलित जाति संगठित न हुनु नै हो । सबै जातको संठन भइसक्यो तर दलित जातिको संगठन पहिला देखि नरहेकोले आफुहरु यस्ता दु:ख पिडाहरु भोगिरहेको र हिंसाको शिकार भएको भन्दै उनले घोर निन्दा गरेको छ । यसरी आफ्नो समुदाय माथि तराईमा रहेको कु-संस्कार कु-प्रथाले सबै दलित जाति नै हिसांको सिकार हुदै आएको रामले बताए । उहाँले मन्तव्य राख्ने क्रममा प्रदेश नं.२ मा दलितहरुलाई सधै अवहेलना गर्ने प्रवृत्ति बढदै गईरहेको छ । यसको मूल कारण हामी दलितमा एकता नभएर हो । दलित माथि दिन प्रति दिन घटना बढदै गएको कारणले हामि यो एकता संगठन बनाउनु आवश्यक रहेको उनले बताए । हाम्रो प्रदेश २ को रौतहटमा निरन्जन रामको घटना, बिजय रामको हत्या, पपुराजको हत्या, सोमिन्त्रा देबी बेैठाको हत्या, शम्भु सदाको हत्या लगायत धेरै बलात्कार जस्ता घटनाहरु पनि बढदै गईरहेको र यस प्रति प्रदेश सरकारको ध्यानाकर्षण नभएकोले हामी आफ्नो दलित समुदायबाट व्यक्तिलाई अगाडी बढाई हाम्रो दलित जातिको हकहितको लागी बढाउने राम जातिको एक अगुवाको रुपमा रहेको सोनेलाल राम बताएका थिए ।