ओम प्रकाश यादव, रौतहट
हालै जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक एसपी विनोद घिमिरेले शनिवार इलाका प्रहरी कार्यालय गरुडाको निरीक्षण गरेका छन ।
निरीक्षण गर्न आएका रौतहटका प्रहरी उपरीक्षक घिमिरेलाई इलाका प्रहरी कार्यालय गरुडामा भव्य स्वागत गरिएको छ ।
पत्रकार मोजिबुल्लाह काण्डमा मुछिएका तत्कालिन प्रहरी उपरीक्षक शिद्धि बिक्रम साहलाई छानविनका लागि प्रहरी हेडक्वाटर तानिएपछि केही दिन अघि मात्र एसपी घिमिरेले जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी पाएका छन ।
प्रहरी उपरीक्षक घिमिरेले जिल्लामा शान्ति सुरक्षाको अवस्था, अपराध रोकथाम तथा नियन्त्रण, अबैध चोरी निकासी, पैठारी, झै झगडा, प्रहरी आचरण, प्रहरीको सेवा प्रदानमा चुस्तदुरुस्ता लगाएत बारे बुझन शनिवार साँझ इलाका प्रहरी कार्यालय गरुडाको निरीक्षण गरेका छन ।
प्रहरी कार्यालयको निरीक्षण गर्न आएका प्रहरी उपरीक्षक घिमिरेले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्नका लागि कुनै कसर बाँकी नराख्न इलाका प्रहरी कार्यालय गरुडा र मातहतका प्रहरी यूनिट इन्चार्जहरुलाई कडा निर्देशन दिएका छन ।
चोरी डकैती एवं अपराधीक क्रियाकलापलाई रोकथाम तथा नियन्त्रणका लागि कडा कदम चाल्न एसपी घिमिरेले प्रहरीलाई निर्देशन दिएका हुन ।
कानुन कार्यान्वयनमा कुनै पनि कम्प्रोमाइज नगर्ने,बोलेर भन्दा काम गरेर देखाउने आफ्नो कार्यकालमा अपराध अनुसन्धानमा कुनै पनि पक्ष सँग नझुकेर कार्यवाही गर्न उनले प्रहरीलाई आग्रह गरे ।
प्रहरी प्रमुख घिमिरेले रौतहट जिल्लामा आएर आफु टुलुटुलु हेरेर नबस्ने र कानुन कार्यान्वयनमा कार्यवाही गरेर देखाउने बताए ।
जिल्लामा तस्करी ,जुवातास र लागूऔषध सेवन होटलहरुमा हुने यौन धन्दा लगायतको कारोबार रोक्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै उनले शान्ती सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, महिला हिंसा, झैझगडा अन्त्य गर्न विभिन्न पक्षसँग सहकार्य गरेर अगाडी बढ्न सुझाव दिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी श्रीराम भण्डारीले बताए ।