संविधान दिवस २०७८ को उपलक्ष्यमा माहादेव मन्दिर परिसरको सरसफाई कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ३, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
संविधान दिवस २०७८ को उपलक्ष्यमा माहादेव मन्दिर परिसरको सरसफाई कार्यक्रम सम्पन्न

राजकुमार यादव

जनताको त्याग, संघर्ष, बलिदान र जनमतबाट प्राप्त संविधान जारी भएको दिनको रुपमा संविधान दिवस हर्षाेल्लासका रुपमा मनाईएको छ । असोज ३ गते आईतबारको दिन मौलापुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्द किशोर प्रसाद चौहान सहितको टोली र अन्य विभिन्न संघसंस्थाहरुको सहकार्यमा बृहत् सरसफाई अभियान सम्पन्न गरिएको छ ।

मौलापुर नगरपालिका स्थित पुरातात्विक महादेव मंदिर सरसफाई गरिको हो । सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने विश्वास ईलाका प्रहरी कार्यालयले लिएको छ ।

अभियानकै क्रममा बोल्नु हुँदै प्रहरी निरीक्षक चौहानले हामी सबैको एउटै सपना मौलापुर नगरलाई सुन्दर र सफा नगर बनाउने भएको भन्दै यस अभियानमा सबैले साथ दिन आग्रह समेत गर्नु भयो । बिहान करिब ८ बजे बाट सुरु भएको अभियान ९ बजे सम्म चलेको थियो । अभियानमा झन्डै ४० भन्दा धेरै अभियान्ताहरुको सहभागिता रहेको थियो ।

हाम्रो रहर, सफा सुग्घर शहर भन्ने मुल नारा सहित सुरु गरिएको सरसफाई अभियानमा मौलापुर नगरपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष भोलाशंकर साह , वार्ड सदस्य जितलाल साह, स्थनीय सुरेश यादव, रामअयोध्या साह, राजेश साह, जय कुमार साह, नेपाल प्रहरी , ट्राफिक प्रहरी, अन्य विभिन्न संघसंस्थाहरु र स्थानियहरुको सहभागिता रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस