उपेन्द्र गोले, रौतहट
रौतहटको मत्सरीमा आइतबार ३३ थान साइकल वितरण गरिएको छ । दुर्गाभगवती गाउँपालिकाको वडा नं. ३ मत्सरीमा एक कार्यक्रमबीच आइतबार साइकल वितरण गरीएको हो । दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरी स्थित संस्कृत माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययन ३३ जना छात्राहरुलाई साइकल वितरण गरीएको प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिनुभयो । ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान अन्तर्गत यादवको प्रमुख अतिथ्यमा सो विद्यालयका ३३ जना छात्राहरुलाई साइकल वितरण गरीएको उहाँले बताउनुभयो । महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताउनुहुदै कृषि सहकारी राज्यमन्त्री यादवले ‘साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुने बताउनु भएको छ । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको दावी रहेको छ । उहाँले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको समेत जिकिर गर्नु भयो । कार्यक्रममा दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले महिलाहरुको उत्थानमा विशेष प्रत्यन्त गर्न जरुरी रहेको बताउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा, विद्यालयको प्रधानाध्यापक टिएन झा, वरिष्ठ पत्रकार प्रभात कुमार झा, वडा सदस्यहरु, संस्कृत माध्यमिक बिधालयका शिक्षकहरु लगायतका सहभागीता रहेको थियो ।