रमेश कुमार यादब, रौतहट
रौतहटको दुधियाभार सशस्त्र प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । रौतहट जिल्लाको कटहरिया नगरपालिका –५ पानी टोल टँकी स्थित रहेको सुरक्षाबेश दुधियाभार सशस्त्र प्रहरी सहायक निरिक्षक सुरेश यादबको कमान्डमा ५ जनाको गाडीमोबाईल गस्ती टोलीले चेक जाच गर्ने कममा उक्त अबैध घरेलु मदिरा बरामद गरेको छ । मोटरसाईकलमा १ जना ब्यतिmले २ गैलन र टयुबमा गरि अन्दाजी १०० लिटर अबैध घरेलु मदिरा ल्याईरहेको थियो । गस्ति टोलीलाई देखने बितिकै अबैध त्यारी घरेलु मदिरा छोडी मोटरसाइृकल सहित ब्यतिm फरार भएको थियो । आईतबार बिहान उक्त अबैध त्यारी घरेलु मदिरालाई थप कारवाहिको लागी सुरक्षाबेश कैम्पमा ल्याईएको थियो । दुधियाभार सशस्त्र प्रहरीले चेक जाँचको क्रममा बरामत गरिएका घरेलु मदिरा आइतबार नष्ट गरेको दुधियाभार सशस्त्र प्रहरी सहायक निरिक्षक सुरेश यादबले जनाएका छन । बरामत गरिएका अवैध घरेलु तयारी मदिरा २५ लिटरको २ वटा ग्यालेन र १ वटा टयुबमा अन्दाजी ५० लिटर अबैध घरेलु मदिरा बरामद गरिएको थियो । दुधियाभार सशस्त्र प्रहरीले बेशकैम्पले बरामद गरेको १०० लिटर अबैध त्यारी घरेलु मदिरा आईतबार बिभिन्न जनप्रतिनिधी ,स्थानिय भद्रभलादमि ,पत्रकारहरुको रोहवरमा कमाउन्ड भित्र खाल्टो खनि सो अबैध त्यारी मदिरालाई नष्ट गरिएको सुरक्षाबेश दुधियाभारका सशस्त्र प्रहरीे सहायक निरिक्षक सुरेश यादबले बताउनु भयो । सशस्त्र प्रहरी सहायक निरिक्षक यादब आएदेखि नै सोहि क्षेत्रमा बिभिन्न किसिमका भईरहेको चोरीको घटना ,झै–झगडा लगायत तस्करीलाई नियन्त्रण गरेका छन । सो क्षेत्रका ब्यतिmहरु पनि सहायक निरिक्षक यादब आएदेखि आफुहरु सुरक्षित महसुस गरेका बताएका छन । कुनै पनि अनग्रल क्रियाकलाप गर्ने ब्यतिmलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छोडने पनि गरेका यादबले बताएका छन ।