रमेश कुमार यादब, रौतहट
रौतहटका ५ कैदी मुक्त भएको छ । संविधान दिवसको अवसरमा जिल्ला कारागार रौतहटमा विभिन्न घटनाको मुद्धामा दोषी ठहर भइ जेल कैद भुक्तान गरिरहेका रौतहटका ५ कैदी बन्दीलाई आईतबार मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि बिनोध घिमिरेले जनाएको छ । मुक्त हुनेमा सवारी ज्यान मुद्धाको सजाय भोगिरहको रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको वडा नम्बर २ लौकाहाका २४ बर्षिय समसुदिन साइलाई मुतm गरेको छ । कर्तब्य ज्यान मुद्धाको आरोपि रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर–१ बस्ने बर्ष ३२ का रामनारायण दास तत्मा, कर्तब्य ज्यान मुद्धाका आरोपि रहेको सिन्धुली क्यानेश्वर –६ वतन घर भई हाल रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नम्बर –८ बस्ने बर्ष ४९ को शेरप लो त्यसतै हातहतियार खर खजाना मुद्धाको आरोपमा सजाय भोगी रहेको रौतहटको यमुनामाई गाउपालिकाको वडा नम्बर.–४ बस्ने बर्ष २६ को दिलिप कुमार साह त्यसतै कर्तब्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेको आरोपि सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर–३ बस्ने बर्ष ४८ का राम दासलाई कैदी मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि विनोद घिमिरेले जानकारी दिनु भएको छ ।