काठमाडौं । प्रतिपक्षी नेकपा एमालेले न्याय नपाउँदासम्म संसद्को अवरोध जारी राख्ने बताएको छ । एमालेका मुख्य सचेतक विशाल भट्टराईले आजको संसद् बैठकपछि आफूहरुले सांकेतिक अवरोध गरिरहेको बताए ।
“संसद्मा प्रस्तुत् भएका विजनेश वा एजेन्डाभन्दा पनि सभामुखको कार्यशैली, सभामुखले एमालेमाथि गरेको विभेदका कारण संसदमा आन्दोलनमा छौं । उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म र त्यो घटनामा नेकपा एमालेले गरेको अन्यायलाई जबसम्म न्याय गर्नुहुन्न हाम्रो आन्दोलन जारी नै रहन्छ,” उनले भने ।
अवरोधको निकास सभामुख र सत्ता पक्षले नै दिनुपर्ने बताए । आफूहरुलाई अरु सरहको व्यवाहार नगर्दा आन्दोलनमा रहेको उनले बताए । एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ ।
सूचना टाँस नगरे राजीनामा दिन एमालेले सभामुखसँग माग गरिसकेको छ । – Baahrakhari