उपेन्द्र गोले, रौतहट
रौतहटको चन्द्रपुरमा बृन्दावनका किसानहरुसँग स्थानिय सरकारसँग छलफल गरेका छन । आरडिसी नेपालको सहकार्यमा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित पशुपति होटलको सभा हलमा स्थानिय सरकारसँग समुदाय कार्यक्रम अन्र्तगत बृन्दावन नगरपालिकाको वडा नम्बर ८ का विभिन्न कृषक समुहहरुको सहभागीतामा सोही वडाका वडा अध्यक्ष दिलनाथ महत्तोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बृन्दावन नगरपालिकाको वडा नम्बर ८ का स्थानिय कृषक समुहहरुले वडामा भएका समस्याहरु राखेका थिए । सो समस्याका दीर्घकालिन सामाधानका लागी वडा कार्यालयले पहली कदम चाल्दै आएको वडा अध्यक्ष महत्तोले जनाएको छ । आरडिसी नेपालले स्थानिय नागरिकहरुसँग स्थानिय सरकारको सम्बन्ध एकअर्कामा परिपुरकको रुपमा हुुनु पर्ने भएकाले स्थानियको समस्याका बारेमा स्थानिय सरकारलाई जानकारी र स्थानिय सरकारले खेल्नु पर्ने भुमिकाका सम्बन्धमा छलफल गराएको आरडिसी नेपालका सहजकर्ता ज्योती फुयालले बताउनु भयो । फुयालले सहजीकरण गरेको सो कार्यक्रममा ३० जना किसानहरुको सहभागीता रहेको थियो ।