राजेन्द्र महतो, लहान
सिरहाको गोलबजार नगरपालिका -४ का ३९ बर्शिय दुखरन महरा मोचीको हत्या अभियोगमा प्रहरी ले उनकै श्रीमती हरिहरदेवी महरा लाई पक्राउ गरेका छ्न।
गत भदौ १८ गते भारत, मधुवनि जिल्लाको जयनगर स्थित वरही गाउँको नहरमा सिरहा गोलबजार नगरपालिका -४ का बर्ष ३९ को दुखरन महरा मोचीको घांटी रेटीएको अबस्थामा लाश फेला परेको घटना सम्बन्धमा अनुसन्धानको क्रममा हत्या योजनाका मूख्य योजनाकार रहेको भन्दै प्रहरीले आइतबार दुखरण श्रीमती ३८ बर्शिय हरिहरदेवी महरा लाई पक्राउ गरेको हो ।
महराकी पत्नीले उपचारको बाहानामा भारत, जयनगर पुर्याई भारतिय नागरीक मुकेश यादवको समूहलाई ६० हजार दिएर आफ्नै श्रीमानको कर्तव्य गरी हत्या गराएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ।
पक्राउ गरिएका महरालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ ।