कुलमानको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
कुलमानको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा

असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ ।

कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् । यो रिट जवराको एक नम्बर इजलासमा परेको छ ।

यसअघि पनि यो रिट पेसी तोक्ने क्रममा प्रधान न्यायाधीश जबराले आफ्नै इजालसमा राखेका थिए तर सुनुवाइ भने हुन सकेको थिएन ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा  सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस