जनकपुरधाम । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी छुट्टिएर एमाले र माओवादी केन्द्र कायम भएपछि जिल्ला नेताहरु अहिले तनावमा छन् । तीनवटा कम्युनिष्ट पार्टी भएपछि नेताहरुले आफ्नो भविष्य सुनिश्चित गर्न खोजिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्ड धनुषामा रहँदा सो पार्टीका केन्द्रिय सदस्य रामचन्द्र झा पूर्वी ग्रामिण भेगमा दुई दिन बिताए ।प्रचण्डले पटकपटक प्रयासगर्दापनि प्रचण्डसित भेंटन् चाहेनन् ।प्रचण्ड र झाबीच कुनै विवाद भने छैन् ।
तर झा प्रचण्डसित अब बस्नपनि चाहेका छैनन् । नेता झा नेकपा एकिकृत समाजवादी पार्टी(एस)मा जाने तयारी गरेका छन् ।एसका अध्यक्ष माधवकुमार नेपालसित सम्पर्कमा रहेका झाले कुनै दिन दल परिवर्तनको घोषणा गर्न सक्ने स्रोतले जनाए । ‘माओवादीमा झालाई उपेक्षित गरेर प्रचण्डले लामो समय राखे’स्रोतले भने, तर अब बिकल्प भएपछि प्रचण्डसित रहनुपर्ने कुनै कारण छैन् ।एमाले र माओवादीबाट असन्तुष्ट रहेका नेताहरुका लागि नेपाल ‘वार्गेनिंग’को उपयुक्त बिकल्प बनेका छन् । प्रदेश २ मा एमाले, एस र माओवादी केन्द्र तीनै दललाई भरपर्दो स्थापित मधेशी नेताको खोजी छ ।एमालेमा रहेका रघुबीर महासेठमाथिपनि अध्यक्ष केपी शर्मा ओलीले धेरै भरोसा गरेको देखिदैन् ।यद्यपी उनलाई पछिल्लो पटक उनले उपप्रधानमन्त्री र पार्टीको स्थायी कमिटीमा स्थान दिएका छन् । माओवादीमा मधेशी नेताहरु रहन तयार देखिदैन् ।झाले प्रचण्डलाई भेंटेनन् ।सोमवार जनकपुरधाम आइपुगेका माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठको कार्यक्रममा रामसिंह यादव लगायतका नेताहरु गएनन् ।यादव लगायतले अहिले कित्ता ‘क्लियर’ गरिसकेका छैनन् । प्रभु साह हाल घर न घाटको अवस्थामा छ ।उनले आई टी आर्मी खोलेपनि कुनै दलले भाउ दिइरहेको छैन् ।साहले एमालेमा नै ‘वार्गेनिंग’ गर्न खोजिरहेका छन् ।ओलीले महासेठलाई माथि उकासेकै कारण साह र महासेठबीच सम्बन्ध पूर्ण रुपमा बिग्रिसकेको छ ।दुबैबीच बोलचाल समेत बन्द छ । एमालेबाट नेपाल अलग्गिएपछि रौतहट जिल्लामा साहलाई चुनौती थपिएको छ ।तत्कालिन नेकपाबाट उनी निर्वाचित भएका थिए ।तर विपक्षीसित मतको अन्तर धेरै थिएन् ।हाल सम्म साहले सबै निर्वाचन जितेका छन् ।उनी फेरी आफ् नो जीत सुनिश्चित गर्न चाहिरहेका छन् ।तर उनको ओलीसितको सम्बन्ध चिसिएकोछ ।ओलीले साहलाई पत्याउन छाडेका छन् ।नेपाल र प्रचण्डसित साहको सम्बन्ध बिग्रिसकेको छ ।
नेपाली काँग्रेस, जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र एसबाट हाल नेताहरु निस्कने संभावना देखिदैन् ।तर एमाले र माओवादीमा उपेक्षित रहेका नेताहरु अहिले अवसर खोजिरहेका छन् । माओवादीमा रहेका झालाई ७ वर्षदेखि जिम्मेवारीबिहिन बनाएर राखिएको छ ।बिकल्प पाएपछि झाले प्रचण्डलाई नै वेवास्ता गरेका छन् ।‘सम्मानजनक अवसर मिल्ने दलमा समाहित हुनेछ’ झा निकट स्रोतले भने, तर अहिले भने माओवादी छाडिसकेको अवस्था छैन् । झा र यादवको जस्तै अवस्था धेरै नेताहरुलाई छ ।काँग्रेसमा भने अन्य दलमा अवसर खोज्ने भन्दा पार्टी भित्र नै प्रयाप्त गुटमा भविष्य नेताहरुले खोजिरहेका छन् ।महासेठलाई आवश्यकता भन्दा बढी प्रश्रय दिएबाट पार्टीका अधिकांश नेताहरु असन्तुष्ट छन् ।पार्टीमा रहेका कयौं नेताहरु महासेठकै कारण कुनैपनि बेला दल त्यागको घोषणा गर्ने अवस्थामा पुगेको बताइन्छ । प्रदेश २ मा समग्रमा एस भन्दा एमाले निकै कमजोर भएको छ ।महासेठ दम्पतीको कारण कयौं नेताहरु नयाँ दल एसमा गएका छन् ।प्रदेश २ को अवस्थाबाट एसका अध्यक्ष नेपाल भने उत्साहित देखिएका छन् ।झा लगायतका नेताहरुले उनलाई साथ दिने संभावना बलियो छ । नेपाललाई दल बिभाजन गर्न सघाएका प्रचण्डका लागि प्रदेश २ मा त्यो प्रत्युतपादक देखिएको छ ।माओवादी केन्द्रका नेताहरुपनि नेपालतिर लागेका छन् ।कतै खुल्न नचाहेका कयौं नेताहरु अवसर पाए दल परिवर्तन गर्न तयारी अवस्थामा छन् । माओवादीका अध्यक्ष प्रचण्ड र प्रभावशाली नेता नारायणकाजीले ३ दिन भित्रै जनकपुरधामको दौडहा गरेर नेताहरुलाई फकाउने प्रयास गरेका छन् ।
धनुषामा भने प्रचण्डको भन्दा नारायणकाजीले अधिकांश असन्तुष्ट नेताहरुसित सम्पर्क गर्न सफल भएका छन् । एमालेमा ओली प्रकोपमा परेका मधेशी नेताहरुको अब महत्व बढेको देखिन्छ ।‘दल रोज्ने अवसर आएकाले उपेक्षित नेताहरुले भविष्य सुनिश्चितता चाहेका छन्’ पूर्व प्राध्यापक परमेश्वर कापडीले भने, एमालेमा मधेशी नेताहरुलाई निकै उपेक्षित गरिएको थियो ।प्रचुर संभावना भएका नेताहरुपनि अवसर नपाएर खुम्चिएको उनले बताए । तत्काल प्रदेश २ मा सर्वाधिक राजनीतिक फाइदा एसका अध्यक्ष नेपाललाई भएको विश्लेषकहरुको कथन छ ।