रमेश कुमार यादब
असोज ०५,रौतहट
रौतहटमा सतगुरुदेव श्री सतपाल जि महराजको जन्मदिन धुमधामको साथ मनाएका छन । रौतहट जिल्लाको चर्चित धार्मिक स्थल शिवनगरधाममा रहेको नेपाल मानव धर्म सेवा समिति आश्रममा सतगुरुदेव श्री सतपाल जि महराजको ७० औँ जन्मदिन धुमधामका साथ मनाएका छन । जन्मदिनको शुभ अवसरमा राखेको कार्यक्रमको प्रमुख अतिथि रौतहट जिल्लाको मौलापुर नगरपालिकाको पहिलो महिला मेयर रिना कुमारी साह रहनु भएको थियो ।अतिथिको रुपमा रोैतहट जिल्लाको चर्चित नेता तथा स्थानिय गरुडा निबासि कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि तथा बिशिष्ट अतिथि लगायत अतिथिहरुलाई कार्यक्रमको प्रभावकारी महात्मा श्री चन्दना बाईजि(सन्तमहात्मा)द्धारा खादा ओढाएर भब्य स्वागत गरेका थिए । सो कार्यक्रमको प्रमुख अथिती रहनु भएका मेयर साह उक्त अवसरमा सतगुरुदेव श्री सतपाल जि महराजको ७० औँ जन्म जयन्तीमा सहभागी भएका श्रादालु भक्तजनहरुलाई हार्दिक शुभकमना दिनु भएका थिए । सोहि कार्यक्रमको अतिथिको रुपमा रहेको लोसपा नेता जैसवालले बिभिन्न ठाउँबाट आएका सयकडौँ श्रादालु भक्तजनलाई सतपाल जि महराजको जनमदिनको सबैमा शुभकमना ब्यक्त गर्दै उहाँले यो एउटा ठुलो श्रादा भएको श्रादालुहरुबाट आएर सतपाल जि महराजको जनमदिनको शोभा बढादिनु भएकामा बधाई दिएका थिए । नेता जेैसवालले सो सतपाल जि महराजको ७० औँ जन्मदिनको अवसरमा खुसि भएर नगद १५,०००।– हजार रुपैँया प्रभाभकारी महात्मा श्री चन्दना बाईजिलाई एउटा सानो सहयोग स्वरुप हस्तान्तरण गरेका बताएका थिए । जन्मदिनको अवसरमा प्रभावकारी महात्मा श्री चन्दना बाईजि(सन्तमाहात्मा )द्धारा सतगुरुदेव श्री सतपाल जि महराजको ७० औँ जन्मदिनको अवसरमा बिभिन्न कुराहरुको बारेमा त्यहाँ भेला भएका श्रादालु भक्तजनलाई महराजको बारेमा प्रकाश पारेका थिए ।उहाँले भने बाहिरको तिर्थ–यात्रा ,ब्रत–उपवास जति नै गर,भगवानले बनाएको मन मन्दिरमा प्रबेश गर्ने बिधिलाई जानेनौ भने तिम्रो यो मनुष्य जन्म ब्यर्थेै जाने छ ।उनले मार्मिक भाव ब्यक्त गर्दै भनेका थिए । साथै सतपाल जि महराजको ७० औँ जन्मदिनको पावन अवसरमा सरसफाई कार्यक्रम पनि गरेका थिए । रौतहटको शिवनगरधामको वरिपरि लगायत बिभिन्न भागहरुको सरसफाई पनि गरेका थिए । सरसफाई गर्ने क्रममा मन्दिर परिसर भित्र लगायत दर्शनार्थीले बिभिन्न ठाउँबाट आएर फोहर गरेका समा्र्रगीहरुलाई टिपेका थिए । सतपाल जि महाराज को ७० औँ जन्मदिनको अवसरमा उहासँग माया स्नेह राख्ने रौतहट ,सर्लाहि ,बारा, पर्सा,लगायत बिभिन्न ठाउँहरुबाट श्रादालु भक्तजनहरु सहभागी भएका नेपाल मानव धर्म सेवा समिति आश्रमको कोषाअध्यक्ष शँकर यादब बताएका थिए ।