रमेश कुमार यादब
असोज ०५,रौतहट
रौतहटको चन्द्रपुर बाट मंगलबार अबैध सालका गोलियासहित ३ ओटा साइकल बरामत गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी गस्ति टोली गस्ति गर्दै जाने क्रममा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ राजपेडा टोल नजिक रहेको चादी खोलामा पुग्दा प्रहरी गस्ति टोलीलाई देखेर ७÷८ जनाको समुहमा राष्ट्रिय वनबाट ल्याउदै गरेको गोलियासहित साइकल छाडेर भागेका थिए । राष्ट्रीय बन जंगलबाट अवैध रुपमा साल जातको काचो रुख काटेर गोलीया बनाई ३ वटा साईकलमा ४ वटा गोलीया लोड गरी राजपैडा गाउ तर्फ आउदै गरेका थिए । काठ बरामद गरी साल जातको काठ ४ थान गोलिया २५ क्यू फिट र ३ वटा साईकल आवश्क कार्वाहीको लागी डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा पठाईएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लिलाराज लामिछाने बताएका छन । रौतहटको बनमा तस्करीलाई नियन्त्रणमा लिदा पनि तस्करी कम नहुनुको कारणके हुन सक्छ स्थानिय प्रश्न पनि गरेका छन । तस्करीमा सँम्लगन रहेको समाग्री पक्राउ गरे पनि तस्कर किन पक्राउ परिरहेका छैन बन कार्यलयको प्रमुखसँग स्थानियले प्रश्न गरेका हुन । रौतहटको बनबाट काठ तस्करी गर्नमा बिभिन्न गाडीहरुको प्रयोग हुदै आएको छ । त्यसलाई रोक्न बन कर्मचारीहरु तादरुकता पनि देखाएका बन कार्यलयका प्रमुख अमरदेव यादब बताएका छन ।