२ बर्षसम्म फिल्मका लागि डेट छैन, मानिसहरु बेरोजगार भन्दैछन् : तापसी पन्नु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ६, बुधबार (४ साल अघि)
  • ६ पटक पढिएको
२ बर्षसम्म फिल्मका लागि डेट छैन, मानिसहरु बेरोजगार भन्दैछन् : तापसी पन्नु

नायिका तापसी पन्नु सामाजिक संजालमा मानिसहरुले दिने विभिन्न प्रतिक्रियाको समय–समयका जवाफ दिइरहेकी हुन्छिन् । तर, पछिल्ला केही समयदेखि भने तापसीले सामाजिक संजाल चलाउन कम गरेकी छिन् । तापसीको सामाजिक संजालको माध्यमबाट खुबै विवाद समेत भयो ।

सामाजिक संजाल प्रयोग गर्ने एक समाज भने उनलाई अझै पनि ‘बेरोजगार’ नायिका भनिरहेका छन् । तर, तापसी यो कुरा मान्न तयार छैनन्. । तापसीले भारतीय मिडियासँग कुरा गर्दै आफूसँग नयाँ चलचित्रका लागि २ बर्ष समय नभएको बताएकी छिन् ।

तापसीले भनेकी छिन्–‘म ट्रोलर्सलाई खासै महत्व दिन्नँ । किनकी, यहाँ कुनै पनि कलाकारको विरुद्धमा सोचविचार नै नगरी ट्रेन्ड चलेको पाइन्छ । उनीहरुसँग, कुनै पनि महत्वपूर्ण कुरा नै छैन । जब तपाई सफल हुनुहुन्छ, तब सबैको नजरमा पर्नुहुन्छ । जबकी मेरो हातमा सन् २०२३ सम्मका लागि चलचित्र छ । तर, मानिसहरु मलाई बेरोजगार भनिरहेका छन् । तर, यस्ता कुरामा प्रतिक्रिया दिदा म आफूलाई सुरक्षित महशुश गर्छु ।’

तापसीले सामाजिक संजालमा ट्रोल हुँदा परिवारलाई भने समस्या पर्ने बताएकी छिन् । तापसीले आफूले परिवारसँग कुरा गरेको र आफ्नो मनको कुरा राख्नका लागि पछि नहट्ने पनि उल्लेख गरेकी छिन् । उनले भनिन्–‘मलाई थाहा छ कि मेरो आवाज निक्कै शक्तिशाली छ । यसले, ठूलो प्रभाव पार्छ । यसकारण पनि मानिसहरु मेरो आवाज बन्द गर्न चाहन्छन् ।’

तर, आफू यस्ता कुराले मौन नबस्ने तापसीको भनाई छ । उनले, आफू र ट्रोलर्सको विचमा धेरै भिन्नता रहेको बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस