रौशन कुमार चौधरी ।असोज ६ गते ।
रौतहट जिल्ला स्थित कटहरियानगरपालिका वडा नं ८ पिप्रापोखरिया टोल बलुवामा आफैले चलाएको मोटरसाइकल दुर्घटना हुंदा एकजना बिधुत कर्मचारीको मृत्यु भएको छ । देवाही गोनाही ६ गोनाही गाउँ घर भएका २५ बर्षिय पप्पु पटेल आफैले चलाएको ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटनाभै गएराती मृत्यु भएको हो ।मौलापुर बिधुत प्राधिकरणमा करारमा रहेका फ्युजसेवाका कर्मचारी पटेल कटहरिया बाट घरजाने क्रममा गएराती ९।३० मा बलुवा गाउँ नजिक उनको मोटरसाइकल दुर्घटना भएको थियो । लगत्तै प्रहरीले अचेत अवस्थामा रहेका पटेल लाई उपचारको लागि कटहरिया स्थित एउटा क्लिनिकमा लैजांदा डाक्टरले मृत घोषणा गरेको प्रहरी जवान धिरेन्द्र यादवले बताएका छन । मृतक पटेलको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले जानकारी दिएका छन ।