दिपेन्द्र जयसवाल,बारा
बाराको करैयामाई गाउँपालिकाको कार्यालय करैया बाराले गाउँपालिकाको सभाहलमा नौवौ गाउँ सभा सम्पन्न गरेको छ I असोज ५ गतेबाट सुरू भएको सो गाउँ सभा आज सम्पन्न भएको र सो गाउँ सभामा आर्थिक वर्ष २०७७/२०७९ को लागि बजेट बहुमतले पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीले जानकारी दिनु भयो I गाउँपालिकाको अध्यक्ष भुनेश्वर धामीको अध्यक्षतामा भएको सो गाउँ सभामा गाउँपालिकाको अध्यक्षबाट अनुमति प्राप्त भएपछि सभा समक्ष गाउँपालिकाकी उपाध्यक्ष चित्ररेखा कुमारी चौधरीले सो गाउँ सभा मार्फत आर्थिक वर्ष २०७८/२०७९ को लागि रू. ४९ करोड ५८ लाख ६५ हजार ७ सय ९० रूपैयाँको बजेट गाउँपालिकाको गाउँ सभा समक्ष प्रस्तुत गरेकी हुन् I सो गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, गाउँपालिकाको ईन्जिनियर अवधेश कुशवाहा, योजना अधिकृत बिरेन्द्र महतो, गाउँ सभा सदस्यहरू,गाउँ कार्यपालिका सदस्यहरू,गाउँपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरू, कर्मचारीहरू,राजनितिक दल, समाजसेवी लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो I