पर्सा/पवन प्रसाद साह
जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा खटिएको टोलीले शंकितरूपमा पैदल हिडिरहेको जिल्ला बर्दिया गुलरिया घर भई हाल चितवन वडा नं.२२ बस्ने बर्ष २२ को राजेश थारु र चितवन वडा नं.७ बस्ने बर्ष ३२ को सुरेश नेपालीलाई शंका लागि रोकी जाँच गर्दा दुईवटा रसबरी मिठाइको डब्बा भित्र लुकाइछिपाई ल्याएको लागु औषध Winpirex Syrup -100 ml को १२० बोतल फेला परेकोले उल्लेखित लागु औषधहरु बरामद गरी नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जानकारी दिएकाे छ।
साथै वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकमा वाट लागु औषध ब्यूरोबाट खटिएको संयुक्त टोलीले शंकितरुपले पैदल हिँडिरहेका जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. २ बस्ने सुरज पासवान र जिल्ला कन्चनपुर भिमदत्त न.पा. वडा नं. १६ बस्ने बर्ष २१ को लक्ष्मण बिष्टलाई रोकी जाँच गर्दा साथबाट लागु औषध खैरो हिरोईन ३.४० ग्राम (६ पुरिया) फेला परेको हुँदा उल्लेखित लागु औषध बरामद गरी पर्सा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जानकारी दिएकाे छ ।