रमेश कुमार यादब, रौतहट
रौतहटको गरुडामा लैङ्गिक हिंसा सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ४ मा रहेको ईलाका प्रहरी कार्यलय गरुडाको प्राङणमा सामुदाय (प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यकम ईलाका प्रहरी कार्यलय गरुडाको प्राङ्गणमा भएको थियो । लैङ्गिक हिंसा सम्बन्धिको प्रशिक्षण गरुडाका प्रहरी नायब उपरिक्षक (डिएसपि) श्री राम भण्डारी ज्युले गराउनुभएको थियो । त्यहाँ उपस्थित भएका महिलाहरु लैङ्गिक हिंसाको बारेमा प्रकाश पारेका थिए । लैङ्गिक हिंसा भनेको के हो ? उहाँले “लैङ्गिक हिंसा” भन्नाले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार, सामाजिक , कुरीतिजन्य व्यवहार लगायत लैङ्गिक आधारमा हुने हिंसा नै लैङ्गिक हिंसा हो” । महिलामाथि भईरहेको हिंसा नियुनिकरण गर्न सबै जना एक जुट हुनुपर्छ । लैङ्गिक हिंसाले हाम्रोे समाजलाई अगाडी बढन दिएको छैन । महिलाहरुले आफ्नो घर लगायत बालबालिकाको रेखदेख गर्ने जस्ता काम गर्छ तर पनि हाम्रो घरको ठुलो व्यक्तिसँग गाली नै खानु पर्ने हुन्छ यस्ता कुरालाई डटेर सामना गर्नुपर्छ । सो लैङ्गीक हिंसा कार्यक्रममा सहभागी भएका महिलाहरुले लैङ्गिक हिंसा धेरै राम्रोसँग बुझे एकसाथ भनेका थिए । महिलाहरुले भने यस्ता कार्यक्रम गर्दा हाम्रो समाज सभ्य र राम्रो हुनेछ ।त्यसकारण महिलाहरुले ईलाका प्रहरी कार्यलय गरुडाका डिएसपि श्री राम भण्डारीलाई यस्ता कार्यक्रम समय समयमा संचालन गर्न पनि आग्रह गरेका थिए साथै धन्यवाद पनि दिएका थिए । लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रममा स्थानिय भद्र भलादमी, समाजसेवी, महिला लगाएत ४०/४५ जना मानिसहरुको उपस्थिति रहेको थियो ।