कलैयाका तीन उत्कृष्ट स्वास्थ चौकी प्रमुख सम्मानित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ७, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
कलैयाका तीन उत्कृष्ट स्वास्थ चौकी प्रमुख सम्मानित

उपेन्द्र पासवान
असोज /६गते

बारा सदरमुकाम कलैया उपमहानगरपालिका का जम्मा २८ स्वास्थ्य संस्था मध्ये आव २०७७/०७८ मा मासिक रुपमा बुझाईने स्वास्थ्य संस्थाको रिपोर्टका आधारमा अनलाइन डाटा ईन्ट्री गरेको आधारमा उत्कृष्ट संस्था चयन गरिएको कलैया उपमहानगरपालिकाको स्वास्थ शाखाका अजय जयस्वालले जानकारी गराए ।

यसरी उत्कृष्ट हुनेमा प्रथम स्थान धर्मनगर स्वास्थ्य चौकी, द्वितीय पुरस्कार बघवन स्वास्थ्य चौकी तथा तृतीय पुरस्कार भतौडा स्वास्थ्य चौकीलाई प्रदान गरिएको हो ।

उत्कृष्ट हुने स्वास्थ संस्थाका ईन्चारजहरु क्रमश सरोज जयस्वाल,सज्जाद अन्सारी र निबेश कुमार ओझालाई कलैयाका मेयर राजेश राय यादबले खादा,माला,प्रसंशा पत्र सहित सम्मान तथा बधाई ब्यक्त गरेका छन ।

यादबले यसरी नै जनताको सेवामा निरन्तर खटिएका सबै स्वास्थ्यकर्मीलाई धन्यवाद सहित सबैले आदर गर्नुपर्ने बताएका छन । उपमहानगरपालिकाले यस्ता स्वास्थ्यकर्मीहरुको मनोबल उच्च गर्न हामिले विभिन्न खालका अझ प्रोत्साहन हुने कार्यक्रम ल्याउने बताएका छन ।

कलैया उपमहानगरपालिकाकाको स्वास्थ्य शाखाले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा नगरका स्वास्थ्य चौकीहरुमध्ये राम्रो गर्ने संस्था लाई अझ बढी प्रोत्साहन गर्ने निमित प्रमुख प्रशासकीय समेत रहेका स्वास्थ्य शाखाका प्रमुख प्रेमचन्द्र प्रसाद जायसवालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस