आमालाई बचाउने क्रममा छोराको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ७, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
आमालाई बचाउने क्रममा छोराको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार  करेन्ट लागेर झाको मृत्यु भएको हो ।

चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको करेन्ट लागेर मृत्यु भयो । करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृत्यु भएपछि स्थानीय शोकमा डुबेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस