सागर संगम ठाकुर । रौतहट असोज ७ गते ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालीका स्थित मधेश संग्राहलयमा आयोजना गरिएको गरिब दलित लाईआबासको ब्यवस्था सहित छुवाछूत र विभेद विरुद्ध सश्क्त संघर्षका लागि जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम संम्पन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका प्रभावसाली नेता तथा पुर्व शहरी बिकाश मन्त्री प्रभु साहले प्रदेश २ सरकार र स्थानीयतहको सरकारको कारण बर्षौं देखि दलित तथा गरिबको घर अधुरो रहेको टिप्पणी गरेका छन ।
मधेश संग्राहलयमा दलित अगुवा रामनाथ माझीको अध्यक्षतामा आयोजना गरिएको गरिब दलित लाईआबासको ब्यवस्था सहित छुवाछूत र विभेद विरुद्ध सश्क्त संघर्षका लागि जिल्ला भेलालाई संबोधन गर्दै यस्तो बताएका हुन ।
दलित र गरिबको घर निर्माणको लागि जनता आवास कार्यक्रम अन्तर्गत प्रति परिवारले ३ लाख ५० हजारको दरले संघिय सरकार बाट प्रदेश र स्थानीय तहमा आउने गर्दछ ।
र पछिल्लो ४ बर्ष देखि प्रत्येक बर्ष जनता आवास र सुरक्षीत आवास कार्यक्रम झन्डै २ अरब रुपैया आउने गर्दछ तर मुख्यमन्त्री लालबाबु राउत र स्थानीयतहका प्रमुखहरुको अकर्मण्यताको कारण फ्रीज हुँदै आएको पुर्वमन्त्री प्रभु साहले आक्रोश व्यक्त गरेका छन ।
गत बर्ष सहरी विकास मन्त्री हुंदा केही सार्वजनिक कार्यक्रममा आफुले बिरोध गरेको तथा उक्त कार्यक्रमको शिर्षकको रकम प्रदेश र स्थानीयतह बाट हटाउने कुरो गरेपछि कतिपय प्रदेश सांसद तथा मेयरहरुले धमाधम जनता आबासको शिलान्यास गर्न सुरु गरेका थिए ।
तर आफू मन्त्री बाट हटेपछि दलित तथा गरिबको घर निर्माणको काम ज्युंका त्युं देखिएको छ ।
जनता आवास र सुरक्षित आबास अन्तर्गत घर निर्माणका लागि दवाब दिन गौर,कटहरिया,मौलापुर पछि आज चौथो पटक भेला तथा कार्यक्रमको आयोजना भयो तर प्रदेश सरकार र स्थानीय सरकार माथी कुनै असर नपरेको पुर्वमन्त्री प्रभु साहले गुनासो गरे ।
एकजना वडा अध्यक्ष तथा सदस्यले आफ्नो बजेटको लागि मेयर संग जुधाजुध गर्दछन तर दलित गरिबको लागि आवाज उठाईदिने कोही भएन ।
नेता २ प्रकारको हुन्छ एउटा कुनै पदमा जित्न मरिहत्ते हुने अर्को जितेर केहिगर्ने उनले भने जितेर केहिगर्ने लक्ष्य राखेका नेताहरू एकभएर केन्द्र सरकारले पठाएको रकम जबसम्म दलित तथा गरिबको खातामा आउंदैन तबसम्म संघर्ष गरिरहन पुर्वमन्त्री प्रभु साहले आग्रह गरेका छन ।
अरु नेताहरूको जुलुस सभामा गएर कार्यक्रम सफल बनाउन मात्र प्रयोग हुंदैआएको गरिब तथा दलित अब एक भएर आफ्नो अधिकारको लागि लाग्न सबै दलित संग अनुरोध गरेका छन।
साथै पुर्व मन्त्री प्रभु साहले आउने असोज १२ गते रौतहटको सदरमुकाम गौरमा हजारौं हजार गरिब तथा दलित सहभागी भएर बिरोद्ध स्वरुप काठमाडौ हलाउने चेतावनी दिएका छन ।
एउटा अर्को प्रसंगमा बोल्दै उनले माओवादी अध्यक्ष प्रचण्ड लाई एउटा कुशल ब्यापारीको संज्ञा दिएका छन ।
कम्युनिस्टको नाउँमा चुनाव जितेर आफ्नो स्वार्थ र फाईदाको लागि अहिले कांग्रेसको सरकारमा सहभागी भएको उदाहरण दिएका थिए ।
उक्त कार्यक्रममा कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम साह,मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह,उपमेयरहरु फतुआ बिजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतो, देवाही गोनाहीकी परनिया देवी पटेल, यमुनामाई गाउपालिकाकी गिता साह,माधवनरायणकी उपप्रमुख सिमल साह, नेकपाका नेताहरु उपेन्द्र साह, त्रिभुवन साह,चन्देश्वर बैठा,ठागा दास ,बिरचन राम लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
उपस्थित प्राय सबै वक्ताहरु प्रदेश सरकार र स्थानीय तहले समयमा घर निर्माण नगरेर गरिब तथा दलित माथि ठुलो अन्याय गरिरहेको दुखेसो पोखेका थिए ।