राैशन कुमार चाैधरी । रौतहट जिल्लाकाे कटहरीया नगरपालिकामा रहेको विवाह मण्डप भवनमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादीको कटहरीया नगर स्तरिय कमिटी गठन भएकाे छ । राजदेव सहनीको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी साेमवारका दिन गठन भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथि पुर्व संबिधान सभा सदस्य रामकुमार भट्टराई, विशिष्ट अतिथि प्रदेश साभा सदस्य हसिमा खतुन रहेकाे थियाे । नेपाली कांग्रेस पार्टी परित्याग गरि आएका प्रभावशाली नेता वाडा न.७ का भिखारी देवान सहितका दर्जनाै ब्यक्ति हरुले पार्टी प्रवेश गरेका थिए । नव अगान्तुकहरूलाइ फुलमाला तथा अबिर लगाई जिल्ला कमिटी अध्यक्ष कमल राय यादवले पार्टी प्रवेश गराएकाे थियाे । साेे कार्यक्रममा उपस्थिति महेन्द्र चौलागाईं , रजुदिन आलम, , लक्षमण रेग्मी, राधामोहन यादव, भुपेन्द्र कुशवाहा,सुरेन्द्र साह,मोजामिल मिया ,समसुदिन आलम लगाएत को उपस्थिति रहेकाे थियाे । साथै अध्यक्ष राजदेव सहनि लगाएत सम्पुर्ण नवगठित सदस्यहरूलाई प्रमुख अतिथि भट्टराईले अगामि कार्यकाल राम्रोसँग विताेस भनि बधाई तथा शुभकामना दिएकाे थियाे ।