एमाले नेतृत्वसँग प्रभु साहले जनाए आठ असन्तुष्टि

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ८, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
एमाले नेतृत्वसँग प्रभु साहले जनाए आठ असन्तुष्टि

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेता प्रभु साहले एमाले नेतृत्वसँग आठ असन्तुष्टि जनाएका छन् । गत फागुन २३ को फैसलाले नेकपालाई वैधता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काउँदा एमालेतिर बसेका साह एमालेका पछिल्ला पार्टी बैठकमा समेत अनुपस्थित हुने गरेका छन् ।

बरु, साहले आफ्नो छुट्टै समूह बनाएर ‘आइटी आर्मी’ का नाममा गतिविधि गर्दै आएका छन् । हालै उनले पार्टी नेतृत्वलाई एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्नुपर्ने, नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनसम्म व्यापक छलफल गर्दै विकास गर्नुपर्ने, पार्टी संगठन, नेता कार्यकर्ताहरूको मर्यादाक्रम निर्धारण गर्नुपर्ने, संविधानका त्रुटी सच्याउँदै समाजवादको दिशामा अघि बढ्नुपर्ने र जवसहरुमा सम्मानजनक सहभागिता हुनुपर्ने तथा आइटी आर्मीलाई जनसंगठनकै रुपमा मान्यता दिनुपर्ने लगायतका माग अघि सारेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस