अमरेस कुमार पाण्डेय, कलैया । देवताल गाउँपालिकाको मेयर चन्दन कुमार सिंहले शिक्षा, स्वास्थ्य, मठ – मन्दिर र मस्जिद प्रति बिकास को उपयोग गर्नु भएका छन् । शिक्षा बिकासका लागि हामीहरु निरन्तर लागेको देवताल गाउँपालिकाका अध्यक्ष चन्दन कुमार सिंहले बताएका छन् । गाउँपालिकाको वडा नं.६ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय रौवाहीँ ४ बाराको तीन कोठे भवन, कम्प्यूटर लैब, डिजिटल प्रबिधि सहितको बालविकास कक्षा तथा परखालको समुद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष सिंहले यस्तो बताएका छन ।
अध्यक्ष सिंहले गाउँपालिका भित्र उच्च शिक्षाका लागि हामीले गाउँका शिक्षाप्रेमीहरुसँग सल्लाह गरेर अगाडि बढिरहेको बताए । उक्त अवसरमा गाउँपालिकाको वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, लेखा प्रमुख, शिक्षा प्रमुख, स्वास्थ्य प्रमुख सहित स्थानिय जनता एवं शिक्षा प्रेमिहरुको उपस्थिति रहेको थियो ।