राजिव शाह, सर्लाही । सर्लाहीको हरिपुर्वा-संग्रामपुर सडक खण्डमा चेकजाँचको क्रममा अवैध चाँदीको गरगहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार साझ ड्यूटीमा खटिएका प्रहरी टोलीले शंकास्पद चेकजाँचको क्रममा BR30J 7165 नम्बरको डिस्कभर मोटरसाइकलमा संग्रामपुरबाट हरिपुर्वा तर्फ आउँदै गरेको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका,५ बर्ष २७ का रोशन प्रसाद अधिकारी र सोही ठाउँका बर्ष २७ का कौशल यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बरामद गरिएको चाँदीको मूल्य १ लाख १ सय १५ रुपैया रहेको सूचना अधिकृत एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
बरामद गरिएको गर-गहना र मोटरसाइकल मलंगवा स्थित जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।