रमेश कुमार यादब, रौतहट । रौतहट जिल्लाको वृंदावनबाट शुक्रबार ४ थान गोलिया सहित ४ ओटा साइकल वन गस्ति टोलीले बरामत गरेको छ । वनबाट विभिन्न प्रकारका साल जातिको गोलिया बनाई लगिदै छ भनि सुचना आएको थियो । सोहि विशेष गोप्य सुचनाका आधारमा बृन्दावन सब डिभिजन वन कार्यलयबाट खटि गएको थियो । शुक्रबार बिहान साढे ३ बजे तस्करहरुले रुखलाई कटान गरि गोलिया बनाई चेतनगर तर्फ लैजादै थियो । गस्तिमा खटेका वन गस्ती टोलीलाई देखनै बितिकै तस्करहरुले साईकल सहित गोलिया छोडी भागेका थिए । वन गस्ति टोली र शसस्त्र बेश क्याम्प सन्तपुरको संयुक्त गस्ति टोलीले ४ थान साइकल सहित ४ थान गोलिया नियन्त्रणमा लिइएको बृन्दावन सब डिभिजन बन कार्यालयका ईन्चार्ज सोनफी पासवान जानकारी दिनुभएको छ । बरामद गरिएको साल जातीको गोलिया ३०.३९ क्युफिट रहेको ईन्चार्ज पासवान बताएका छन् । बरामद गरिएको साल जातीको ४ थान गोलिया सहित साइकललाई थप कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा पेश गरिएको बृन्दावन सब डिभिजन वन कार्यालयका अधिकृत पासवानले जनाएका छन् । रौतहट जिल्लाको बिभिन्न ठाउँको बनबाट काठ तस्करहरुको रजगज बढदै गईरहेको छ । रौतहट बन गस्तीटोलीले कहिले काठ त कहिले साईकल मात्र बरामद गर्दा प्रश्न खडा हुन थालेको छ । साईकल र काठ बरामद गर्दा मान्छे पक्राउ नपर्नुको कारण के हो भनि स्थानियहरुले चासोको बिषय बनेको बताएका छन । बनबाट बिभिन्न सवारीबाट तस्करहरुले तस्करीमा सक्रिय बनको छ । रौतहटको बनबाट साईकल , मोटरसाईकल , बैलगाडा , टेम्पो लगायत जिपबाट पनि तस्करी मौलाएको हो । यता बन अधिकृतले हाम्रो टिमले तस्करहरुलाई नियन्त्रणमा लिन सक्रिय रहेको बन डिभिजन बन कार्यलय रौतहटका प्रमुख अमरदेव यादवले बताएका छन् ।