रमेश कुमार यादव,रौतहट । रौतहटको गरुडामा अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यलय गरुडाको प्रहरी टोलीले विभिन्न मितिमा खटिएको टोलीले सवारी साधन चेक जाँचको क्रममा मदिरा बरामद गरेको थियो । बिभिन्न समयमा खटि गई बरामद गरेको अवैध त्यारी घरेलु मदिरा शुक्रबार नष्ट गरेको इलाका प्रहरी गरुडाका डिएसपि श्री राम भण्डारी जनाएको छ । शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय गरुडा भन्दा ५० मिटर उत्तर गौर चन्द्रनिगाहपुर सडकखण्ड स्थित सडकको पश्चिम किनारमा ईलाका प्रशासन कार्यालय गरुडा र गरुडा नगरपालिकाका तथा कर कार्यालय चन्द्रनिगाहपुर रौतहटको बिभिन्न प्रतिनिधि, भद्रभलादमी, पत्रकारहरुको रोहवरमा बरामद गरेको ३०० लिटर अवैध त्यारी घरेलु मदिरा पोखाई नष्ट गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक भण्डारी जनाएको छ । प्रहरी नायब उपरिक्षक भण्डारी आए देखि नै बिभिन्न अबैध कारोबारमा सँम्लगन रहेको ब्यक्तीलाई नियन्त्रणमा लिन सफल भएको छ । साथै झै–झगडा हुन नदिनको लागी बिभिन्न स्थानमा रहेका प्रहरी युनिटलाई सधै अलर्ट रहन निर्देशन दिनु भएको छ । उहाँले समाजिकमा घटिरहेको कुनै प्रकारको घटना छ भनि जानकारी गराउन आग्रह पनि गरेका छन । हामि त्यस घटनाको खबर पाए लगतै त्यो ठाउँमा पुगि समस्याको समाधान तर्फ लाग्ने पनि बताएका छन । डिएसपि समाज हुनै बिभिन्न किसिमका गतिबिधिलाई रोक्न बिभिन्न किसिमका कार्यक्र्रम पनि सन्चालन गरि जनचेतान जनाउने कार्य पनि गर्दै आईरहेको छ ।