राैशन कुमार चाैधरी, रौतहट । जिल्लाको कटहरिया नगरपालिकाको वडा न १ अखिल नेपाल महिला संघ क्रान्तिकारी र किशान युवाको वडा भेला सम्पन्न भएको छ। कटहरिया नगरपालिकाको वडा न १ को भसेढवामा भएको अखिल नेपाल महिला संघ क्रान्तिकारी भेला बाट ललिता देबी रामको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको छ।त्यस्तै किसान युवा सदस्यीय र युवा कमिटि २५ वडा कमिटी समेत गठन गरिएको समाजसेवी एवं माओवादीको नेता नसरूदीन अन्सारीले बताउनु भएको छ । उक्त वडा कमिटि गठन कार्यक्रममा प्रमुख अतिथि कटहरिया नगरपालिकाको नगर उपप्रमुख नुरजाहा खातुन, बिशिष्ट अतिथि समाज सेवी यूवा एवं नेकपा माओवादी केन्द्र का नेता नसरूदिन अंसारी, अतिथिमा जिल्ला कमिटि सदस्य नागेन्द्र यादव,पूर्व गाबिस गाबिस अध्यक्ष मिथु राय यादव, वडा कमिटी अध्यक्ष सुरेश यादव ,वडा कमिटि सदस्य प्रेमशंकर यादव लगायात पुरुष महिला कार्यकर्ताको उपस्तिथी रहेको थियो। अब आउदो चुनावमा नेकपा माओवादी केन्द्र रौतहटमा सबैभन्दा बढी सिटमा विजय प्राप्त गर्ने नेता नसरुदिन अन्सारीले बताउनु भएको छ । युवा नेता नसरुदिन अन्सारीको सक्रियामा माओवादी केन्द्रले कटहरिया नगरपालिका लगाएत रौतहट जिल्लामा आफ्नो संगठन बिस्तारमा तिब्रता समेत ल्याएको छ ।