राजकुमार यादव, रौतहट । रौतहट स्थित मौलापुर नगरपालिकाले नेपाल बिधुत प्राधिकरण मौलापुर शाखामा ३५ लाख रुपैया बुझाएको छ । घरायसी प्रयोजन तथा कृषि,विद्युत,महसुल निशुल्क गर्ने नगरपालिका द्वारा गरिएको घोषणा लाई कार्यान्वयन गर्न मौलापुरले उक्त रकम बुझाएको हो । मौलापुरकी मेयर रिना कुमारी साहले प्राधिकरण प्रमुख शक्ति शाहलाई कार्यालयमै पुगेर ३५ लाखको चेक हस्तान्तरण गरेकी छिन । आर्थिकबर्ष २०७८/०७९ श्रावण बाट मौलापुर नपा क्षेत्र भित्र कृषि तथा विद्युत महसुल मौलापुर नपाबाट व्यहोर्ने प्रतिबद्धता अनुरुप विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख साहलाई ३५ लाख रकमको चेक हस्तान्तरण गरिएको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताएका छन । मौलापुर नगरपालिकाले २०७८ साल असार महिना सम्मको विद्युत बक्यौता महसुल रकम आफैंले बुझाउनु हुन समेत अनुरोध छ ।