राैशन कुमार चाैधरी, रौतहट । रौतहटको मध्यभागमा कटहरियामा आजराती हुने अन्तर्राष्ट्रिय मुसायरा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । कटहरिया स्थित जनता माविको प्रांगणमा आजराती ८ बजेदेखि हुने मुसायरा कार्यक्रममा नेपाल बाट फैयाज फैजी, भारत बाट अजम साकरी, मिसन गोपालपुरी, मुजाहिद हसनैन हबिबी, साईस्ता साना, चान्दनी सबनम, गुले सब्बा, पाकिस्तान बाट तैजिब हाफी र क्यानाडाका प्रख्यात दर्जनौं कवि तथा सायरहरुको सहभागिता हुनेछ । आयोजक कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले अन्तर्राष्ट्रिय मुसायरा कार्यक्रमको तयारी बारे जानकारी दिनु भयो । धर्मनिर्पेक्ष देशमा सबै धर्मका जनताको सम्मान अधिकार भएको देशमै सबैभन्दा बढी रौतहटमा मुस्लिमको जनसंख्या रहेकाले ईस्लाम धर्मावलम्बीहरुको पहिचान तथा अधिकारको नगरपालिकाले अन्तर्राष्ट्रिय मुसायरा कार्यक्रमको आयोजना गरेको मेयर कुश्वाहाले बताउनु भयो । कार्यक्रमले सबै धर्मका मानिस बीच भाईचाराको संबन्ध बढाउन सहयोग मिल्ने बिश्वास आयोजकले लिएको छ । आजराती हुने मुसायरा कार्यक्रमको लागि भब्य स्टेज तथा दर्शकको लागि छुट्टाछुट्टै ५ वटा भब्य पंडाल निर्माण गरिएको छ । कम्तीमा महिला पुरुष गरि १० हजार दर्शक आउने विश्वासका साथ उनीहरुको लागि बसेर हेर्ने ब्यवस्था,खानेपानी तथा छुट्टाछुट्टै सौचालयको व्यवस्था गरिएको छ । मुसायरा प्रदर्शनको क्रममा कुनै झमेला हुन नदिन तथा हेर्न आउने दर्शकको सुरक्षाको लागि कटहरिया नगरपालिका बाट स्वंयशेवक र ठुलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिने मेयर सियाराम कुश्वाहाले जानकारी दिनु भयो ।