उपेन्द्र गोले, रौतहट । रौतहटमा बागमति नदीमा डुबेर १ जनाको मृत्यु भएको छ । राजदेवी नगरपालिकाको वडा नम्बर ९ ब्रम्हपुरीमा रहेको बागमति नदीमा डुबेर १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएको छ । माछा मार्न गएका ४ जना बालकहरु नदीमा नुहाउने क्रममा डुबेपछि स्थानियले २ जनाको जिवितै उद्धार गरेको बताइएको छ । पानीमा डुबेर १० वर्षीय अवित रामको मृत्यु भएको र १० वर्षका चिन्टु पासवान बेपता भएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनु भयो ।
रौतहटको बागमतिमा डुबेर एकको मृत्यु
1 Min Read