गैडाटार हत्याकाण्ड बारे सोमबार पत्रकार सम्मेलन हुदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १०, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
गैडाटार हत्याकाण्ड बारे सोमबार पत्रकार सम्मेलन हुदै

उपेन्द्र गोले, रौतहट । रौतहटको चन्द्रपुर—३ गैडाटारमा हत्या गरि मृत्यु भएको आशंका गरेको घटनाको प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ । गत भदौ २६ गते घास काट्न गएका चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारस्थित कालापानी सामुदायिक जंगलमा सोही स्थानका बर्ष ५० का रोहिणी प्रसाद घोरासैनी भुइमा नै लत्तारिएर झुण्डिएको अबस्थामा फेला परेको घटनाको वास्तविकता सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा असोज ११ गते सोमबार बिहान ८ ः ४५ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ । अनुसन्धानका क्रममा घोरासैनीको हत्या गरेको आशांकामा केही ब्यक्तिहरु पक्राउ गरेको र सोका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लिालराज लामिछानेले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस