बिरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको आयोजना तथा बिरगंज महानगर पालिकाको सह आयोजनामा सडक छेउछाउमा बिक्रि बितरण गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छता अभिवृद्वि सम्बन्धि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो ।
आज बिरगंज महानगर पालिकाको सभाहलमा खाद्य स्वच्छता के हो , खाद्य स्वच्छता किन चाहिन्छ । यसले उपभोक्तालाई कस्तो असर पार्छ । व्यवसायीहरुले के के ध्यान दिनु पर्दछ भन्ने कुरामा जानकारी गराईएको थियो । व्यवसायीहरुले सर्वप्रथम पसल खोल्नु भन्दा पुर्व तयारी सरसफाइ , कच्चा पदार्थ खरिद गर्दा सफा, स्वच्छ, गुणस्तरीय र पुर्ण लेवल विवरणहरु भएको मात्र खरिद गर्नु पर्नेछ । कच्चा पदार्थहरु एवं तयारी खाने कुरालाइ त्यसको प्रकृति अनुसार अनिवार्य रुपले छोपेर राख्नु पर्नेछ । हरिया सागसब्जी एवं अन्य तरकारीहरु खरीद गर्दा सफा, स्वच्छ एवं ताजा मात्र खरीद गर्नुपर्नेछ, साथै राम्रोसग केलाइ सफापानीले कम्तीमा तीन पटक धुनुपर्नेछ । माछा, मासु जस्ता खाध्य बस्तुहरु सही र भरपर्दो ठाउँवाट (सफा,स्वच्छ,) मात्र खरीद गर्नु पर्नेछ । कमसल चिजहरुको प्रयोग गर्न हुदैन । कामदारको व्यक्तिगत स्वास्थ्य र सरसफाइमा विषेश ध्यान दिनुपर्नेछ । विरामी र साना बालबालिकाहरुलाई काममा लगाउन पाइने छैन। कामदारहरुलाइ अनिवार्यरुपले एप्रोन, हेड नेट, मास्क एवं आवश्यकता अनुसार पंजाको व्यवस्था गर्नुपर्नेछ र कामदारले अनिवार्य रुपमा लगाएको हुनुपर्नेछ ।
बासी, सडेगलेको एवं झिंगा भन्केको खानेकुराहरु राख्न र बेच्न पाइने छैन । पकाउनु पर्ने वा तारेर खाने कुनै
पनि खानेकुरामा सेन्थेटिक रंगको प्रयोग गर्न पाइने छैन साथै खाना (मिठाई) मा कुनै पनि प्रकारको रसायन (सोडा)को प्रयोग गर्न पाइने छैन। मिठाइ एवं चास्नीमा हाइड्रो जस्ता अखाध्य रसायनको, कलर आदी प्रयोग गर्न पाइने छैन।
तेलको प्रयोगमा सावधानी अपनाउनु पर्नेछ साथै एउटै तेललाइ पटक-पटक प्रयोग गर्न पाइने छैन । गुणस्तरीय तेलको मात्र प्रयोग गर्ने, खानेकुरा फ्राइ गर्दा उब्रने गरी एकैपटक धेरै तेलको प्रयोग नगर्ने एवं तेल
उब्रिहालेव त्यसलाइ अन्य खानेकुरा बनाउदा प्रयोग नगर्ने। पिउने प्रयोजनको लागि प्रशोधित तथा पिउन योग्य पानीको व्यवस्था भएको हुनुपर्नेछ । सकेसम्म प्रशोधनको लागि फिल्टर्ड जडान गरेको हुनुपर्नेछ ।
हातमुख धुने ठाउँको व्यवस्थापन गर्नुपर्नेछ जस्तै साबुन वा ह्याण्ड वास एवं सफा सुख्खा रुमाल अनिवार्य रुपमा राखेको हुनुपर्नेछ । सरसफाइ गर्ने (विशेष गरी टेबल सफागर्ने एवं ग्राहकले खाएको थाल-कचौरा उठाउने कामदारले सकेसम्म खाना पस्किने र ल्याउने काम गर्न पाउने छैन।
खानेकुरा पकाउने र ग्राहकलाइ खानदिने भाँडाकुडा डिटरजेन्ट र तातोपानीले राम्रोसंग सफागर्नुपर्नेछ, साथै
भाडाँकुडा सफा गर्ने पानी र ग्राहकले हातमुख धुने पानी पनि पिउने पानी सरह सफा र स्वच्छ हुनुपर्नेछ ।
फोहोरको उचित (महानगरपालिका तोकेको ठाउँमा) व्यवस्थापन गर्नुपर्नेछ । Dust-bin with cover को
प्रयोग गर्नुपर्ने छ र बिकि-वितरण सकेपछि वरिपरिको पनि सरसफाई अनिवार्य रुपले गरेको हुनुपर्ने छ । सडक
छेउछाउ र नालामा वा अन्य निषेधित ठाउँमा फोहोर फालेको भेटिएमा नियमानुसार कार्यवाही हुनेछ ।
त्यसैगरि व्यक्तिगत सरसफाई,भाडाकुडाको अवस्था, कामदारको दक्षता, पुछने कपडा,भाडाकुडा सफा गर्ने ठाउ, हात धने व्यवस्था कीरा, झिंगा माखा नियन्त्रणको व्यवस्था,पानीको व्यवस्था, फोहोरमैलाको व्यवस्थापन,भान्सा कोठाको वा पकाउने ठाउँको सरसफाई,खाने तेल तथा खाद्य, वस्तुहरुको पूनः प्रयोग सम्बन्धमा,खाद्य भण्डारणको अवस्था बारे कार्यपत्र खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा बिरगंजका कार्यालय प्रमुख बिक्की राउतले प्रस्तृत गर्नु भएको थियो ।
बिरगंज महानगर पालिकाका उपमेयर सुश्री शान्ति कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ल , अतिथिमा महानगरपालिका खाद्य अधिकृत विपिनलाल दास, उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमात भुजेल , बिरगंज महानगर पालिका प्रशासन प्रमुख राम कुमार कुशवाह , नगर प्रहरी प्रमुख हरि भुषाल , सन्चारकर्मीहरु लगायत वीरगन्ज बजार सडक छेउमा खाद्य पर्दाथ व्यवसाय गर्ने व्यक्तिहरूको सहभागिता रहेको थियो ।