ओम प्रकाश यादव, रौतहट । प्रदेश २ का प्रत्येक जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने अभियान अन्तर्गत आइतवार रौतहटको तिन वटा विद्यालयमा साइकल वितरण गरिएको छ ।
रौतहट निर्वाचन क्षेत्र नं ३ का तिन वटा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने सयौं छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
पुर्व मन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी समिति सदस्य गोविन्द चौधरी र प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय याादवले दुवै जना आइतवार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी एकै दिन तिन वटा सामुदायीक विद्यालयमा छात्राहरुलाई साइकल वितरण गरेका हुन ।
प्रदेश २ सरकारका लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अन्तर्गत नेता चौधरी र राज्य मन्त्री यादवले जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. ३ माध्यमिक विद्यालय मेवा, सोही नगरपालिकाको वडा नं. ४ माध्यमिक विद्यालय टेङग्राहा एवं वडा नं ६ माध्यमिक विद्यालय पेटभर्वामा कक्षा ८ मा अध्ययन गर्ने छात्राहरुलाई साइकल हस्तान्त्रण गरेका हुन ।
विद्यालयको प्रांङगनमा छुट्टा छुट्टै आयोजित कार्यक्रमकाबीच नेता चौधरी र राज्य मन्त्री यादवले दुवै जना संयुक्त रुपमै छात्राहरुलाई साइकल प्रदान गरेका छन ।
तिन ठाउँमा आयोजित साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले जिल्लाका अधिकांश सामुदायीक विद्यालयमा साइकल वितरण भइसकेको र अब केही विद्यालयमा मात्र साइकल वितरण गर्न बाँकी रहेको बताए ।
साइकल वितरण हुन बाँकी रहेको विद्यालयमा पनि विस्तारै वितरण गर्दै जाने बताउँदै मन्त्री यादवले साइकल उपलब्ध हुन नसकेका विद्यालयका प्रधानाध्यापकलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनकपुरमा सम्पर्क राख्न अनुरोध गरे ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका कार्यकारीणी समिति सदस्य गोविन्द चौधरीले साइकल वितरणले पछिलो समय छोरीहरु पढाइप्रति अकर्षित हुन थालेको बताए ।
साइकल वितरणले छोरीहरु पढाइप्रति अकर्षित हुन थालेकोले प्रदेश सरकारले सामुदायीक विद्यालयका छात्रालाई साइकल वितरण गर्न ल्याएको योजना प्रभावकारी एवं सफल हुँदै गएको बताए ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य विन्देश्वर यादव, अर्का नेता योगेन्द्र यादव, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगाएत ठुलो संख्यामा सर्वसाधारणहरुको उपस्थिती रहको थियो ।